नयाँ दिल्ली, एजेन्सी । भारतमा यस्तो पनि स्थान छ, जहाँ दाइजो लिन दिन दुबै प्रतिबन्ध रहेका छन् ।
मध्य काश्मीरको गन्दरबल जिल्लामा अवस्थित बाबा वेल गाउँ कश्मीरीहरूका लागि मात्र नभई अरूहरूका लागि पनि आन्दोलनको रूपमा उदाइरहेको छ किनभने त्यहाँ दाइजो लिन र दिन प्रतिबन्ध रहेको हो ।
त्यस गाउँमा दाइजोलाई अपराध मानिन्छ र विवाह समारोह सादगीका साथ गरिन्छ । दाइजो नलिने निर्णयको कसैले उल्लंघन गरेमा उसलाई सामाजिक बहिष्कार गरिन्छ । वास्तवमा २००४ मा, त्यहाँका मानिसहरूले सर्वसम्मतिले दाइजोमा पूर्ण प्रतिबन्ध लगाएका थिए, जसको लागि आधिकारिक रूपमा दस्तावेज तयार गरिएको थियो ।
उक्त कागजातमा गाउँका प्रमुख र सरोकारवालाको हस्ताक्षर गरी जिल्ला विकास कार्यालय र तहसील कार्यालयमा समेत प्रतिलिपी बुझाइएको थियो । उक्त गाउँका जामिया मस्जिदका इमाम मौलवी बशीर अहमद शाहका अनुसार दाइजोलाई पूर्णरुपमा उन्मूलन गर्न सबै गाउँले एकजुट भएका थिए ।
त्यो सम्झौता अनुसार बेहुलीको परिवारबाट गरगहना, टेलिभिजन, फ्रिज, लत्ताकपडा लगायत अन्य सामान माग्ने अधिकार कसैलाई हुने छैन भने बेहुलाले बालिकाको परिवारलाई ५० हजार रुपैयाँ मध्ये ‘महर रकम बुझाउनु पर्नेछ र बाँकी रु ३० हजार दुलहीको खर्चका लागि राखिनेछ ।
मौलवी बशीर अहमदका अनुसार सो सम्झौतामा कसैले यो निर्णयको उल्लंघन गरे सामाजिक बहिष्कार गर्ने, गाउँको मस्जिदमा पूजा गर्न नपाउने र सो परिवारको कोही मरेमा शवलाई स्थानीय चिहानमा सतगत गर्न पाउने छैनन । उनका अनुसार यो निर्णयमा सबै गाउँले सहमत भएका छन् र पालना गरिरहेका छन् ।
बाबा वेल गाउँमा लगभग १६ हजार जनसंख्या भएको श्रीनगरबाट ३० किलोमिटरको दूरीमा अवस्थित छ । बाबा वेलका अधिकांश स्थानीय बासिन्दा ओखर खेती र पश्मिना सल बुन्ने व्यवसायमा संलग्न छन् । यो निर्णयले गाउँका जनता निकै खुसी भएका छन् । उनीहरुका अनुसार यो निर्णयका कारण उक्त गाउँमा घरेलु हिंसाको एउटा घटना पनि नभएको छ । केटीहरुको समयमै बिहे हुन्छ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन