65
Shares
काभ्रे, ९ चैत । काभ्रेपलाञ्चोकमा नागरिकता भन्दा राहदानी बनाउनेको संख्या बढी रहेको छ ।
जिल्ला प्रशासन कार्यालयको पछिल्लो ३ महिनाको तथ्याङ्क अनुसार नागरिकता भन्दा राहदानी लिने सेवाग्राहीको संख्या बढी रहेकोे हो ।
दिनहुँ राहदानी बनाउने सेवाग्राहीको संख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार गत फागुनमा ७ सय २८ जनाले नागरिकता लिएका थिए भने २ हजार दुई सय ८९ जनाले राहदानी लिएका थिए ।
यसैगरी राष्ट्रिय परिचयपत्रको लागि करिब २ हजार ४ सय जनाले फोटो खिचाएका छन् । गत माघमा राहदानी लिनेको संख्या १ हजार ४ सय ७९ जना रहेका नागरिकता बनाउने सङ्ख्या १ हजार ९० जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन