89
Shares
काठमाडौं, ९ चैत । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल समूह बी मा परेको छ ।
एसियाली फुटबल महासंघले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल चीन, म्यानमार र चाइनिज ताइपेई ‘समूह बी’ मा परेको हो ।
पहिलो चरणको छनोटमा नेपाल समूह बी को विजेता बन्दै दोस्रो चरणको छनोटमा स्थान बनाएका छन् । दोस्रो चरणको छनोटमा चीन र म्यानमार नेपाल भन्दा माथिल्लो वरीयता प्राप्त टिम छन् ।
पहिलो चरणबाट समूह विजेता बन्दै आएका ८ टिमलाई दोस्रो चरणमा दुई समुहमा विभाजन गरिएको छ । समूह ए मा अष्ट्रेलिया, भियतनामा, इरान र लेवानान छन् ।
दोस्रो चरणको छनोट खेलहरु आगामी जुन ३ देखि १३ सम्म हुनेछ । आयोजक उज्वेकिस्तान सहित अघिल्लो संस्करणको तीन उत्कृष्ट टोली जापान, उत्तर कोरिया र दक्षिण कवरियाले भने सिधै अन्तिम चरणमा स्थान बनाइसकेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन