श्याम गुप्ता
बारा, १० चैत । भरतपुर फुटबल क्लब विहिवार सम्पन्न भएको जगदम्बा जीतपुर सिमरा गोल्डकपको उदघाटन खेलमा आयोजक टिमलाई हराउदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बाराको सिमरा रंगशालामा विहिवार देखि १३ औं संस्करणको जगदम्बा जीतपुरसिमरा गोल्डकप सुरु भएका हुन् ।
हिजोको खेलमा आयोजक नव जनजागृति युवा क्लवलाई ३–१बाट हराउदै भरतपुर क्वाटरफाइनलको यात्रा तय गरेको छ । सुरुवाती अग्रता बनाएको भरतपुर विरुद्ध बराबरी गोल फर्काए पनि आयोजक टिम घरेलु मैदानमा निरीह बन्दै प्रतियोगिताबाट बाहिरिन बाध्य भए ।
भरतपुरले खेलको सातौं मिनेंट मैं भिष्म क्षेत्रीको गोलबाट अग्रता बनायो । आकाश थापा मँगरको क्रसबललाई सदुपयोग गर्दै भिष्मलेले टिमलाई अग्रता दिलाएका थिए ।
सुरुवाती दबाब झेलेको आयोजकले खेलको ३३ औं मिनेंटमा बराबरी गोल फर्कायो । भरतपुरका डिफेण्डरले डिबक्स भित्र फाउल गरे पछि पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै आयोजक टिमका अफ्रिकी स्ट्राईकर ग्लोरीले खेललाई बराबरीमा ल्याए ।
त्यसको केहि मिनेंट मै भरतपुरले सिमरा विरुद्ध पेनाल्टी अवसर पायो । भरतपुरका सुनील श्रेष्ठलाई आयोजक टिमका फोफानाले डिबक्स भित्र फाउल गरे पछि पाएको पेनाल्टी अवसरमा भरतपुरले पूनः अग्रता बनायो । सुनील श्रेष्ठको गोलबाट भरतपुरले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो ।
खेलको अन्तिम समय सम्म आयोजक विरुद्ध हाबी भएको भरतपुरले अन्तिम मिनेंटमा सुनील श्रेष्ठ कै गोल मार्फत आयोजक विरुद्ध ३–१ को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरे ।
आयोजक विरुद्ध आक्रामक खेल खेलेको भरतपुरका सुनील श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले दश हजार नगद सहिँत ट्रफि प्राप्त गरे । उनलाई एन्फा उपाध्यक्ष दावा लामाले म्यान अफ दि म्याच प्रदान गरे ।
आज शुक्रवार बिरगंज युनाईटेड क्लब र बागमती यूवा क्लब सर्लाही बिच खेल हुँने आयोजकले जनाएको छ ।
खेल सुरु हुँनु अघि नेपाल सरकारका पूर्व मन्त्री एवंम् बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका थिए ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन