सर्लाहीमा एसइइ परीक्षाको तयारी तिब्र

154 Shares

राधेश्याम कुशवाहा
सर्लाही, १० चैतल। जिल्ला शिक्षा तथा समन्वय इकाइ, सर्लाहीले माध्यमिक शिक्षा परीक्षा (एसइइ) को तयारी तिब्र पारेको छ ।
आउदो चैत १७ गतेदेखि सुरु हुने एसइइ परीक्षा सञ्चालनका लागि धमाधम तयारीको काम अघि बढेको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले जनाएको छ ।
परीक्षामा सहभागी हुन जिल्लाभर १० हजार ९१६ जना विद्यार्थीले फारम भरेका छन् । साधारणतर्फ १० हजार ६२४ र प्राविधिकतर्फ २९२ गरी जम्मा १० हजार ९१६ जना विद्यार्थीले कक्षा १० को अध्ययन पूरा गरी एसइइ दिन लागेका शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले बताए ।
कुशवाहाका अनुसार परीक्षा सञ्चालनका लागि अहिले प्रत्येक परीक्षा केन्द्रमा उत्तरपुस्तिका पठाउने काम भइरहेको छ । एसइइ सञ्चालनका लागि जिल्लाभर ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
गत वर्ष ३६ वटा परीक्षा केन्द्र रहेकोमा यस वर्षदेखि चक्रघट्टा गाउँपालिकामा पनि पहिलो पटक एसइइको परीक्षा केन्द्र कायम गरिएको छ । चक्रघट्टा गाउँपालिका–२, बेल्हीमा रहेको जनता माध्यमिक विद्यालयमा पहिलो पटक परीक्षा केन्द्र कायम गरिएको हो ।
एसइइमा सामुदायिक ९८, संस्थागत ४५, खुला दुई र गृहणी एउटा गरी १४६ वटा विद्यालयले सहभागिता जनाउँदै छन् । प्राय ः परीक्षा केन्द्र परेको विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाएर एसइइ सञ्चालन गर्ने तयारी भएको शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक कुशवाहले बताए ।
गत वर्षको एसइइ मा ३७ वटा परिक्षा केन्द्र मार्फत जम्मा १०४२१ जना विधार्थीहरु सहभागी भएका थिए भने सामुदायिक विधालयमा ९०७९ जना र निजि विधालयमा १३४२ जना विधार्थी सहभागी भएको थियो ।
सामुदायिक माध्यमिक विधालय–९८ र संस्थागत–५५, खुला विधालय–२ र गृहणी विधालय–१, धार्मिक विद्यालय शून्य गरी जम्मा १५६ विद्यालय सहभागित रहेका थिए । गत बर्ष एउटा पनि होम सेन्टर परीक्षा केन्द्र समेत नरहेको थियो ।
एसइइ सञ्चालनका लागि चैत १० गते प्रदेश राजधानी जनकपुरमा मधेश प्रदेशस्तरीय अभिमुखीकरण राखिएको छ ।
प्रदेशको अभिमुखीकरण सकिएपश्चात जिल्लामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्षलगायतलाई अभिमुखीकरण प्रदान गरिने शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।