रौतहट, १० चैत । गरुडामा विगत पाँच दिन देखि आमरण अनसनमा बसेका युवक दिवक यादवको समर्थनमा गरुडाका युवाहरु शुक्रवार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र समक्ष १२ बुंदे ज्ञापन पत्र बुझाएका छन् ।
गरुडा नगरपालिकाको नगरप्रमुख कन्थमुणी प्रसाद जयसवालले व्यापक आर्थिक अनियमितता गरेको, आन्तरिक श्रोत नहुँदा डेढ सयजना भन्दा बढिलाई प्रक्रिया मिचेर करारमा नियुक्ति दिएको, सोलार लाईट र इन्टरनेट जडानमा अनियमितता गरेको भन्दै सुचनाको हक प्रयोग गरेर जानकारी लिन खोज्दा नदिएपछि लोसपाबाट मेयर प्रत्यासी बनेका दिपक यादवले विगत पाँच दिन देखि आमरण अनसनमा बसेका हुन् ।
युवक यादवको मागलाई जायज ठहर गर्दै गरुडा नगरपालिकाको युवाहरु सक्रिय भएर उनको जायज मागलाई पुरा गराउन आज रौतहट सदरमुकाम गौर स्थित जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी मिश्रलाई ज्ञापन पत्र बुझाएको बताइएको छ ।
ज्ञापन पत्र बुझाउनु अघि युवकहरुले गौर नगरको परिक्रमा गर्दै आर्थिक अनियमितता गरेर नगरपालिकालाई चरम आर्थिक भार थुपार्ने मेयर जयसवाललाई कारवाहीको माग गर्दै नारावाजी गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन