118
Shares
बेलायतको संसद्ले सुरक्षा चिन्ताका कारण चीनको सामाजिक सञ्जाल एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । अब संसद्को वाईफाइ नेटवर्कबाट यसको प्रयोग गर्न पाइने छैन । एक प्रवक्ताले बेलायत सरकारले सुरक्षा समीक्षा पछि निर्णय गरेको जानकारी दिएका छन् । मन्त्रीहरूले आफ्नो फोनमा यो एप प्रयोग गर्न नसक्ने उनले बताएका छन् ।
टिकटकले आफ्ना प्रयोगकर्ताहरूको डाटा चिनियाँ सरकारलाई दिने आरोप खण्डन गरेको छ । कम्पनीले आफ्नो विज्ञप्तिमा संसद्को यो निर्णयलाई गलत धारणामा आधारित भएको जनाएको छ । यो प्रतिबन्ध लगत्तै संसद्मा आउने सबै सांसद तथा अतिथिहरूले संसद्को वाई फाइ नेटवर्कबाट आफ्नो डिभाइसमा टिकटक चलाउन पाउने छैनन् । यद्यपि, उनीहरूले आफ्नो मोबाइल डाटा चलाएर भने आफ्नो फोनमा टिकटक प्रयोग गर्न सक्षम हुनेछन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन