81
Shares
बुटवल, १२ चैत । तिलोत्तमा नगरपालिकाका ३ जना क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाले नगदसहित सम्मान गरेको छ ।
नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय टोलीका कुशल भुर्तेल र मौसम ढकाल तथा यू–१९ क्रिकेटका क्याप्टेन देव खनाललाई सम्मान गरेको हो ।
भुर्तेल तिलोत्तमा–९, ढकाल तिलोत्तमा–१३ र खनाल तिलोत्तमा–३ निवासी हुन् । उनीहरुलाई नगरपालिकाले ५० हजारको दरले नगद सहित सम्मान गरेका छन् ।
खेलाडीहरुलाई तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वरदेवी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले संयुक्त रुपमा सम्मान गरे ।
खेलको माध्यमबाट भौतिक पूर्वाधार तथा मानवीय विकासमा समेत टेवा पुग्ने उनले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन