पाकिस्तान, १२ चैत । पाकिस्तानको पन्जाब प्रान्तमा विगत केही दिनमा सरकारी वितरण केन्द्रबाट निःशुल्क पिठो लिने क्रममा भगदरमा परेर ४ वृद्धको मृत्यु भएको छ ।
पन्जाब सरकारको एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै पिटिआइले यो जानकारी दिएको हो । उनले मुल्तान, मुजफ्फरगढ र फैसलाबाद लगायतको सहरमा यस्तो घटना भएको जानकारी दिए ।
पिठो लिन मानिसको बाक्लो भिडभाड हुने र वितरणको लागि स्थापना गरिएका सरकारी वितरण केन्द्रमा सुविधा नहुँदा यस्तो दुर्घटना भएको अधिकारीले बताए ।
मृतकमध्ये दुई जनाको भाग दौडका कारण र दुई जनाको घन्टौँ लाइनमा बसेर मृत्यु भएको उनले भने । यस्तै, त्यहाँ जम्मा भएका मानिसलाई लाइनमा उभ्याउन प्रहरीले लाठीचार्ज गरेको थियो ।
पाकिस्तानमा विगत केही महिनादेखि चलिरहेको अत्यधिक मुद्रास्फीतिबाट गरिबलाई राहत दिन गरिबहरूलाई निःशुल्क पिठो वितरण गर्ने योजना सुरु गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन