श्याम गुप्ता
बारा, १३ चैत । सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको डिफेण्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी सेमीफाइनलको यात्रा तय गरेका छन् ।
आईतवार साँझ सम्पन्न भएको खेलमा ‘बी’ डिभिजन क्लब बीरगञ्ज यूनाईटेड माथि १–० को संघर्षपूर्ण जित निकाल्दै सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमी फाइनलमा एनआरटी प्रवेश गरेका हुन् ।
‘बी’ डिभिजन क्लब बीरगञ्ज यूनाईटेडसँगको प्रतिस्पर्धामा एन.आर.टीका लागि एक मात्र निर्णायक गोल अशोक थापाले गरे । खेलको २९ औं मिनेंटमा कृतिश रत्नचुन्जुको डिबक्स भित्र निकालेको क्रस पासलाई सदुपयोग गर्दै अशोकले उत्कृष्ट गोल गरेका थिए ।
घरेलु दर्शकको समर्थन पाएको बीरगञ्ज यूनाईटेड खेलमा केहि आकर्षक अवसर बनाए पनि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरीन पुग्यो । खेलको ४८ औं मिनेंटमा विवेक चौधरी वन भर्सेस वनको स्थितीमा चुक्न पुगे । विवेकको प्रहार गोल पोष्ट नजिकबाट बाहिरीयो ।
पहिलो हाफ नियन्त्रणमा लिएको एन.आर.टी विरुद्ध बीरगञ्जले दोश्रो हाफमा सुधारिएको खेल प्रस्तुत गर्यो। दोश्रो हाफको सुरुबाटै एनआरटी विरुद्ध आक्रामक खेल खेले पनि बीरगञ्जले परिणाम दिन सकेन ।
खेलको ५४ औं मिनेंटमा बीरगञ्जले एनआरटी विरुद्ध बराबरी गोल गर्ने आकर्षक अवसर गुमायो । वन भर्सेस वनको स्थितीमा बीरगञ्जका कृपाले गोल गर्न चुके । कृपाले पेनाल्टी एरियाबाट फितलो प्रहार गर्दा एनआरटीका गोल रक्षक पुजनहोनाले सहज बचाउ गरे ।
खेलको ७४ औं मिनेंटमा बीरगञ्जले अर्को आकर्षक अवसर गुमाएको थियो । निरज थापा मँगरको क्रस बलमा सागर चौधरीको हेडर बल क्रस बारमा ठोक्किएर बाहिरीन पुग्यो । अन्तिम समयमा आक्रामक खेल खेलेको बीरगञ्जले ८४ औं मिनेंटमा अर्को अवसर गुमायो । निरज थापा मँगरको क्रस पासमा कृपा चौधरीको हेडर बल एनआरटीका गोल रक्षकले उत्कृष्ट बचाउ गरे ।
दोश्रो हाफको इन्जुरी समयको अन्तिम मिनेंटमा बीरगञ्जले अर्को अवसर खेर फाल्यो । कृपा चौधरीले किपर समेत बिट गरि सकेको अवस्थामा गोल गर्न सकेनन् । पेनाल्टी एरियाबाट कृपाले गरेको प्रहार गोल पोष्ट नजिकबाट बाहिरीयो ।
प्रतिष्पर्धात्मक खेलमा एनआरटीले पनि केहि आकर्षक गुमाएको थियो जसकारण बीरगञ्ज विरुद्ध जित निकाल्न अन्तिम समय सम्म कडा संघर्ष गर्नु परेको थियो ।
खेलको सातौं मिनेंटमा कृति रत्नचुन्जुको क्रस पासमा अशोक थापाको प्रहार गोल पोष्ट नजिकबाट बाहिरीएको थियो । खेलको ६४ औं मिनेंटमा अशोक थापाले किपर समेत बिट भइसकेको अवस्थामा गोल गर्न सकेनन् । उनको प्रहार बीरगञ्जका डिफेण्डरले गोल लाईनबाट क्लिएर गरेका थिए ।
एनआरटीलाई अन्तिम चारमा पुर्याउँन निर्णायक गोल गरेका अशोक थापा खेलको म्यान अफ दिम्याच घोषित भए । उनले दश हजार नगद सहिँत ट्रफि प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत सोमवार सातदोबाटो युथक्लब र हिमालयन शेर्पा विच तेश्रो क्वाटर फाइनल खेल हुने आयोजकले जनाएको छ ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन