77
Shares
सिराहा, १४ चेत । सिराहाका प्रहरीले बैंकको रकम लुटपाट गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।
मिर्चैया नगरपालिका वडा नं. ३ बताहा पुलबाट ग्लोबल आईएमई बैंकको शाखा कार्यालय कल्याणपुरबाट रकम लुटेको आरोपमा प्रहरीले कल्याणपुर नगरपालिका वडा नं. ८ अरङ्गका ४५ वर्षिय श्याम कुमार यादव, लहान नगरपालिका १३ सुकरामपुरका ३६ वर्षिय जिवछ बिक र लहान १९ छपरारीका ४७ वर्षिय सत्यनारायन मण्डललाई पक्राउ गरेको हो ।
वैंकको कर्मचारीले मिर्चैयाबाट कल्याणपुर शाखामा लाँदै गरेको ९ लाख रकम लुटेको आरोप छ ।
प्रहरीसहित ज६प ८१८५ नम्बरको मोटरसाइकलमा बैंकका कर्मचारी गत फागुन १० गते रकम लिएर बैंकमा जाँदै गर्दा नम्बर नखुलेको मोटरसाइकलमा आएका ४ जना अपरिचित व्यक्तिहरूले पेस्तोल देखाई रकम लुटेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन