83
Shares
काठमाडौं, १४ चैत । ललितपुर मेयर कप महिला क्रिकेटमा एपीएफ क्लब अपराजित हुँदै फाइनल प्रवेश गरेको छ ।
ललितपुरको मेयर ११ लाई ३७ रनले पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको हो ।
ललितपुरको मेयर ११ को लागि सिमाना केसी र सृष्टि जैशीले समान २–२ विकेट लिए ।
१ सय ११ रनको लक्ष्य पछयाएको ललितपुरको मेयर ११ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७३ रन मात्रै बनाउन सक्यो ।
ललितपुरको लागि सोनी पाख्रिनले सर्वाधिक १५ रन बनाइन् । उनले १९ बलमा १ चौका प्रहार गरिन् । लक्ष्मी चौधरीले १० रन बनाउँदै बिनु बुढाको बलमा इन्दु बर्माको हातबाट क्याच भइन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन