68
Shares
सर्लाही, १५ चैत । सर्लाहीको चक्रघट्टा गाउँपालिकाको खोरिया गाउँमा छटपटाइरहेकी एक बालिकालाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको छ ।
चक्रघट्टा गाउँपालिका वडा नं.९, खोरिया बस्ने पचु साहकी छोरी १४ वर्षीया पूजा कुमारीलाई अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको हो ।
मंगलवार साझ घरमा दियो बाल्नेक्रममा अचानक छटपटाउन थालेपछि उपचारको लागि सदरमुकाम मलंगवा स्थित ब्रम्हभूमी अस्पताल ल्याइएको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रबक्ता एवं डीएसपी कैलाश राईले प्रारम्भिक अनुसन्धानमा बालिकाको मृत्युमा कुनै शंकास्पद नदेखिएको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन