146
Shares
काठमाडौं, १५ चैत । भुटानी राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेनले साविक विजेता मछिन्द्र एफसीबाट शहीद स्मारक ए डिभिजन लिग खेल्ने भएको छ ।
प्रधानमन्त्री त्रिदेशीय कप फुटबल खेल्न काठमाडौंमा आएका २६ वर्षीय चेन्चोसँग मछिन्द्रले सम्झौता गरिसकेको हो ।
चेन्चोको टिम भुटान प्रधानमन्त्री कपको फाइनल होडबाट बाहिरिसकेको छ । चेन्चोलाई भुटानी समर्थकले रोनाल्डोसँग तुलना गर्छन् ।
इन्डियन सुपर लिग आईएसएल र आई लिग समेत खेलिसकेका चेन्चोले पहिलो पटक नेपालमा लिग खेल्न लागेका हुन् ।
साविक विजेता मछिन्द्रले जम्मा एक मात्र जितेको छ र ५ खेलबाट ५ अंकसहित ११ औं स्थानमा छ । ए डिभिजन लिगको छैटौं चरणका खेलहरु चैत २० गतेदेखि सुरु हुनेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन