77
Shares
विराटनगर, १५ चैत । मोरङको रंगेली नगरपालिकाबाट प्रहरीले २ सय ३४ केजी गाँजासहित ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४ जना भारतीय नागरिक हो । प्रहरीको टोलीले रङ्गेली नगरपालिका वडा नं. २ चेका खोला स्थित गहुँबारीबाट २ भारतीय नागरिक १ सय ५० किलो गाँजासहित पक्राउ गरेको थियो ।
चेकजाँचका क्रममा भारत अररियाका २९ वर्षीय दिपक झा र ३० वर्षीय सिन्टुकध कुमार सिंह १ सय ५० किलो गाँजासहित पक्राउ परेको मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए ।
रङ्गेली नगरपालिका वडा नं. ३ रन्जनी स्थित वीरबहादुर कार्कीको घरमा गाँजा ल्याएको बताएपछि प्रहरी उनको घरमा खानतलासीको लागि पुगेको थियो ।
घर खानतलासी गर्दा थप ८४ किलो गाँजा भेटेको प्रहरीले सो स्थानबाट कार्कीसहित गाँजा ओसारपसारमा भारतीय नागरिक २४ वर्षीय प्रबिण पासवान र विष्णुकान्त मिश्रलाई पक्राउ गरेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन