81
Shares
काठमाडौँ, १६ चैत । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेका युवा अलपत्रमा परेको छ ।
रोजगारीका लागि ऋण काढेर गत माघ ७ गते साउदी अरेबिया पुगेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं.३ च्यास्मीटारका विनोद राई लगायतका युवा काम र दाम नपाउँदा अलपत्र परेको हो ।
श्रम गन्तव्य मुलुकमा पुगेको दुई महिना बितिसक्दा समेत रोजगार विहीन बनाइएको विनोद राईले गुनासो गरेका छन् ।
विनोद राई लगायतका युवा इन्नोभेटिभ हयुमन रिसोर्स डेभलपमेन्ट प्रालि, काठमाडौं मार्फत साउदी अरेबियाको नास म्यानपावर सोलुसन कम्पनीमा पुगेका थिए ।
रोजगारको लागि कम्पनीसँग कुरा गर्दा म्यानपावरलाई कुरा गर्न लगाउने गरेको पीडित युवाले बताएका छन् ।
काम र दाम विहीन बनाइएका १०–१५ जना युवालाई अल्खारेजमा राखिएको छ । उनीहरूका अनुसार काम र दाम नपाउँदा साउदी अरेबियामा सयौँ युवा अलपत्र छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन