नयाँ दिल्ली, एजेन्सी । भारतमा डिजिटल भुक्तानीको बजार आउदो तिन बर्षमा तीन गुणा बढेर १० ट्रिलियन डलर पुग्ने एक प्रतिवेदनले देखाएको छ ।
सन् २०२६ सम्म भारतमा डिजिटल भुक्तानीको बजार तीन गुणाले बढेर १० ट्रिलियन डलर पुग्ने निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक भएको हो ।
हालै फोन पे र बोस्टन कन्सल्टिङ ग्रुपले जारी गरेको प्रतिवेदनमा भारतमा डिजिटल भुक्तानीको बजार हाल रहेको ३ ट्रिलियनबाट बढेर सन् २०२६ सम्म १० ट्रिलियन डलर पुग्ने उल्लेख गरिएको छ ।
भारतीय समाचार संस्था एएनआईका अनुसार सन् २०१५ मा भारत सरकारले कारोबार गर्दा ‘फेसलेस, पेपरलेस र क्यसलेस भुक्तानीको उद्देश्य राखी डिजिटल इन्डिया कार्यक्रम सुरु गरेको थियो ।
भारतमा युनाइटेड पेमेन्ट इन्टरफेस (यूपीआई) डिजिटल भुक्तानीका लागि निकै चर्चित मानिन्छ । यसलाई सन् २०१६ मा भारतको राष्ट्रिय भुक्तानी प्राधिकरण (एनपीसीआई) ले सार्वजनिक गरेको थियो ।
यससँगै परम्परागत रुपमा नगदी कारोबार हुने भारतीय बजारमा पछिल्लो समय डिजिटल कारोबारको हिस्सा झण्डै ४० प्रतिशत पुगेको छ । कोरोना महामारीका बेला भारतका सहरमात्र नभई गाउँसम्म युपीआईको प्रयोग विस्तार भएको थियो । एएनआई ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन