83
Shares
सर्लाही, १६ चैत । सर्लाहीको सीमावर्ती क्षेत्रस्थित बलराबाट गएराति प्रहरीले लागु औषध गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बलराबाट खटिएको प्रहरी गस्ती टोलीले नेपाल–भारत सीमा नजिकै पर्ने बलरा नगरपालिका वडा नं. १, हथियौल सडकबाट २० केजी गाँजा बरामद गरेको हो ।
बलरा हुँदै भारततर्फ जाँदै गरेको नम्वरप्लेट नरहेको मोटरसाइकल चालकले प्रहरीलाई देखेपछि मोटरसाइकल छाडि चालक फरार भएका थिए ।
मोटरसाइकलको पछाडि बाँधेर खुलेयाम रुपमा भारततर्फ गाँजा पास गराउन खोज्दा प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मलंगवा पठाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन