93
Shares
रौतहट,१७ चैत । विहिवार राती रौतहटमा मोटर साईकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्गको अन्तर्गत पर्ने चन्द्रपुर नगरपालिका स्थित चाँदी पुलमा पश्चिमबाट पुर्व जादै गरेको प्रदेश २ –२–००४ प ३०४७ नम्बरको मोटर साईकल दुर्घटना हुँदा मोटर साईकलमा सवार सर्लाही हरिपुर नगरपालिका २ घर भएकी ४० बर्षकी राजकुमारी चौधरीको घटना स्थालमै ज्यान गएको हो ।
मोटर साईकल चालक धनुषाको औरही ४ का ४५ बर्षका अरुण कुमार मण्डल गम्भिर घाईते भएका छन् । उनलाई थप उपचारमा लागि वीरगंज पठाईएको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन