काठमाडौँ, १७ चैत । सुर्खेत र गोरखामा भएको छुट्टा छुट्टै मोटरसाइकल दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ ।
सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नं. ७ शिवालय चोकमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो भने पछाडी सवार भएका १ जना घाइते भएका छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. २ कोलडाँडाका २४ वर्षीय सुदिप चौधरीको मृत्यु भएको हो ।
घाइते भएका पछाडी सवार बाँकेको बैजनाथ गाउँपालिका ३ का २२ वर्षीय सुशील चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । कर्णाली प्रदेश ०२–००१ प ४९८७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टिएको थियो ।
मृतक र घाईते दुबै जना नेपाल आर्मीका सैनिक जवान रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाए । गोरखाको भिमसेनथापा गाउँपालिका वडा नं. १ निवेलमा मोटरसाईकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कृष्णसरवण गाउँपालिका वडा नं. २ का २३ वर्षीय लक्ष्मीकान्त चौधरी रहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन