गुजरात, १७ चैत । इन्डियन प्रिमियर लिग (आइपिएल) को १६ औँ संस्करण शुक्रवार देखि सुरु हुँदैछ ।
उद्घाटन समारोहमा गायक अरिजित सिंह र नायिका रश्मिका मान्डानाले प्रस्तुति दिने भारतीय समाचार एजेन्सीहरुले जनाएका हुन् ।
गुजरातको अहमेदावाद स्थित नरेन्द्र मोदी स्टेडियमा उदघाटन हुनेछ । जसमा साबिक विजेता गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्स बीच प्रतिस्पर्धा हुने भएको छ ।
गुजरातका अलराउण्डर हार्दिक पाण्डयाको कप्तानीमा मैदान उत्रिँदा चेन्नाईको कप्तानी महेन्द्र सिंह धोनीले गर्ने छन् । होम एण्ड अवे प्रणालीमा हुने आईपीएलमा १० टिम सहभागी रहेका छन् ।
१० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा राजस्थान रोयल्स, मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, लखनउ सुपर जायन्ट्स र कोलकता नाइट राइडर्स छन् भने समूह ‘बी’ मा चेन्नाई सुपर किंग्स, पञ्जाब किंग्स, सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात टाइटन्स रहेको आइपिएल गवर्णिङ काउन्सिल जनाएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन