77
Shares
काठमाडौं, १७ चैत । राष्ट्रिय महिला क्रिकेट टिमका कप्तान रुबिना क्षेत्री र सीता राना मगरले फेयर ब्रेक इन्भाइटेसनल टी–२० लिग खेल्ने भएकी छिन् ।
अप्रिल ३ देखि हङकङमा सुरु हुने फेयर ब्रेक इन्भाइटेसनल टी–२० लिगको दोश्रो संस्करण खेल्न यी २ खेलाडी शुक्रबार हङकङ प्रस्थान गरेकी छिन् ।
दुवै खेलाडीले लगातार दोस्रो पटक फेयरब्रेक खेल्न लागेका हुन् । रुबिनाले बार्मी आर्मी र सीताले टोर्नाडोजबाट खेल्ने छन् । गत सिजन सीता आबद्ध टोर्नोडोजले उपाधि जितेको थियो ।
आईसीसीले स्वीकृत गरेको प्रतियोगितालाई लैङ्गिक समानता प्रवद्र्धन गर्ने लक्ष्यका साथ फेयरब्रेक ग्लोबलले निजी रूपमा सञ्चालन गर्नेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन