काठमाडौँ, १७ चैत । फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट टोलीका ५ जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
क्रिकेट खेलमा महत्तवपूर्ण योगदान कलेजले ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई जनही ५० हजार नगदसहित सम्मान गरेको हो ।
पाँचै जना फिनिक्स कलेज अफ म्यानेजमेन्टमा स्नातक कार्यक्रममा अध्ययनरत विद्यार्थीहरू छन् । खेलाडीहरूलाई कलेजका कार्यकारी निर्देशक लक्ष्मण पोखरेल, प्राचार्य फत्तेबहादुर केसीले संयुक्त रूपमा टीका, माला तथा प्रशंसा पत्रसहित नगद पुरस्कारले सम्मान गरे ।
कार्यक्रमको अवसरमा प्राचार्य केसीले खेलाडीहरू खेलकुदको लागि मात्रै नभई असल र मेधावी विद्यार्थी भएको जानकारी गराए ।
निर्देशक पोखरेलले राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई उच्च शिक्षा हासिल शतप्रतिशत पूर्ण छात्रवृत्ति उपलब्ध गराएको बताए । एक शिक्षित खेलाडीले आफूलाई संस्कार र खेललाई राम्रोसँग बुझ्न सक्षम हुने बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन