76
Shares
जनकपुरधाम, १७ चैत । अबैध रुपमा रकम लिएर आउदै गरेको अवस्थामा दुई जनालाई धनुषा प्रहरीले १४ लाख नगद रुपैया सहित पक्राउ गरेको छ ।
स्रोत नखुलेको १४ लाख रुपैयाँसहित धनुषाधाम नगरपालिका–२ का ५५ वर्षीय जोगिन्द्र यादव र १९ वर्षीय कृष्ण साह रहेको हो ।
बिहीबार अपराह्न ४ बजेको समयमा धनुषाको जनकनन्दनी गाउँपालिका ५ बनरझुल्लाबाट दुवैजनालाई रकमसहित पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए ।
भारतको जयनगरबाट जनकपुर तर्फ आउँदै गरेको प्रदेश नं. २–०२–००३ प ७०४५ नं. को मोटरसाइकल चेक गर्ने क्रममा दुवैजनाको साथबाट स्रोत नखुलेको १४ लाख रकम बरामद गरिएको बताए । मोटरसाइकल चालक जोगिन्द्रको साथबाट १० लाख र पछाडि सवार कृष्णको साथबाट ४ लाख रुपैयाँ बरामद भएपछि आवश्यक अनुसन्धान जारी रहेको उनले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन