76
Shares
काठमाडौँ, १७ चैत । खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले राजीनामा दिएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार जनमत पार्टीका उपाध्यक्ष समेत रहेका अब्दुल खानले प्रधानमन्त्रीलाई सिंहदरबारमा राजीनामा बुझाएको हो ।
मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका छन् । यसअघि प्रधानमन्त्री दाहालले जनमत पार्टीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने बताएका थिए ।
मन्त्रालयको भागबन्डामा असन्तुष्टि जनाउँदै खान केही दिनसम्म मन्त्रालयको कार्यभार सम्हाल्न गएका थिएनन् ।
राजीनामापछि उनले प्रतिक्रिया दिँदै भनेका छन्, ’अघिल्लो पटक पनि उद्योग मन्त्रालय दिने भनियो र अन्तिममा दिनुभएन । अहिले पनि सुरुमा उद्योग दिने भनियो तर दिएनन् । गद्दारी गरियो । सरकारबाट बाहिरिन मन्त्रीबाट राजीनामा दिएको छु ।’
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन