87
Shares
विराटनगर, १९ चैत । जनप्रतिनिधि, शिक्षक र कर्मचारीहरुको छोराछोरीहरुलाई कक्षा ८ सम्म सरकारी विद्यालयमा पढाउने पाँचथरको मिक्लाजुङ गाउँपालिकाले सूचना जारी गरेको छ ।
मिक्लाजुङ गाउँपालिकाको विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुका छोराछोरीहरुलाई अनिवार्य रुपमा कक्षा ८ सम्म सामुदायिक विद्यालयमा पठनपाठन गराउनु पर्ने व्यवस्था गरेको पालिकाले २०८० को शैक्षिक सत्रबाट अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउन सूचना जारी गरेको हो ।
सामुदायिक विद्यालयको गुणस्तर सुधारको लागि पालिकाले गाउँपालिका भित्रका सबै निर्वाचित जनप्रतिनिधि, सामुदायिक विद्यालयमा शिक्षक तथा शिक्षिका, विद्यालयका कर्मचारी, सरकारी कार्यालयमा आफ्ना छोराछोरीहरु अनिवार्यरुपमा आधारभूत तहसम्म सामुदायिक विद्यालयमा पढाउनु पर्ने पालिकाले सूचना द्वारा जनाए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन