लखनउ, १९ चैत । इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिवार राति सम्पन्न भएको खेलमा दिल्ली क्यापिटल्सलाई ५० रनले लखनउ सुपर जायन्ट्ले हराएर विजयी सुरुआत गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा लखनउले दिल्ली क्यापिटल्सलाई ५० रनको फराकिलो अन्तरले हराउदै विजयी सुरुआत गरेको हो ।
टस हारेर लखनउले पहिला ब्याटिंग गर्दै निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १९३ रनको रन बनाएका थिए । दिल्ली सामु १९४ रनको टार्गेट दिएको थियो । लखनउका लागि ओपनर कायल मेयर्सले ३८ बलमा २ चौका र ७ छक्काको मद्दतमा सर्वाधिक ७३ रन बनाए । निकोलस पुरनले २१ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३६ रन जोडे । आयुष बदोनीले ७ बलमा १८ रन बनाए ।
लखनउले दिएको १९४ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो । दिल्लीका लागि कप्तान डेविड वार्नरले ४८ बलमा ७ चौका प्रहार गर्दै सर्वाधिक ५६ रन बनाए भने राईली रुसोले ३० रन जोडे ।
लखनउका लागि मार्क उडले ४ ओभरमा १४ रन खर्चेर सर्वाधिक पाँच विकेट लिए । आभेष खान र रवि बिष्नोइले समान दुई÷दुई विकेट लिए ।
दिल्लीका लागि खलिल अहमद र चेतन साकरियाले दुई÷दुई तथा अक्षर पटेल र कुलदिप यादवले समान एक÷एक विकेट लिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन