मनिषा यादव
रौतहट, १९ चैत । गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहले विकास निर्माण तथा नगरमा व्याप्त रहेको बेरोजगारीको समस्या समाधान गर्न कटिबद्ध रहेको बताए ।
जनचाहना अनुसार गौर नगरपालिकालाई रौतहटमा पहिलो नमुना नगरपालिकाको रुपमा स्थापित गराउने लक्ष्यका साथ अघि बढिरहेको दाबी समेत गरे ।
गौर नगरपालिकाको आयोजनामा शनिबार वार्ड नं. २ महादेवपट्टी स्थित आधारभूत विद्यालयमा आयोजित जनता दरबार कार्यक्रम अन्तर्गत सार्वजानिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख साहले विकास समृद्धिसँगै रोजगारी सृजना गर्ने उद्देश्य लिएर अघि बढ़ने प्रतिबद्धता जनाए ।
सार्वजानिक सुनुवाई कार्यक्रममा सहभागीहरुले उठाएका जिज्ञासामा नगर प्रमुख साहले गौर नगरपालिकामा विकास निर्माणको लागि बहुवर्षिय योजनाहरुको शिलान्यास गर्दै कामहरु द्रुत गतिमा अघिबढिरहेको हुदा चाडै गौर नगर विकास र समृद्धिको पथमा सवल हुने विश्वास व्यक्त गरे ।
भौत्तिक पूर्वाधार, सड़क, नालाको निर्माण भएकामा व्यवसाय फस्टाउने र रोजगारी सृजना हुने उनको धारणा छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार, स्वच्छ खाने पानी, व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै नगर प्रमुख साहले गौर नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा विषयगत शिक्षकको आपूर्ति गर्नु ठूलो चुनौती रहेको उल्लेख गरे । ७० वटा शिक्षक भर्ना गरे पनि अझ शिक्षक अभाव रहेको जिकिर गर्दै उनले शिक्षकको पद पूर्ति गर्न संघीय सरकार र प्रदेश सरकार संग पहल गरिरहेको जानकारी गराए ।
नगरपालिकाको विकास निर्माणको बजेट कार्यान्वयन गर्न प्राथमिकता अनुसारको योजना लागु गराउने प्रतिबद्ध भएको जनाए । वड़ा स्तरीय योजना छनोट गर्दा प्राथमिकता अनुसारको योजना छनोट गर्न स्थानीयहरुलाई सुझाव दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन