79
Shares
काठमाडौं, १९ चैत । भारतको पूर्व क्रिकेटर सलिम दुरानीको निधन भएको छ ।
आफ्नो पालामा अलराउन्डर क्रिकेटरको पहिचान बनाएका सलिम दुरानीको ८८ वर्षको उमेरमा निधन भएको हो ।
आक्रामक बायाँ हाते बलर र ब्याटर सलिम दुरानीले २९ टेस्ट खेल्दा १ हजार २ सय २ रन बटुलेको र ७५ विकेट लिएको ईएसपीएनले जनाएको छ ।
सन् १९७१ मा वेस्ट इन्डिजमा भारतलाई पहिलो टेस्ट क्रिकेट जिताउन मद्दत गरेका कारण उनलाई सबै भन्दा धेरै सम्झना गरिन्छ ।
पोर्ट अफ स्पेनमा भएको दोस्रो इनिङमा भारत ७ विकेटले विजयी भएको थियो । सो खेलमा सलिम दुरानीले १७ ओभरमा जम्मा २१ रन खर्चिएका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन