81
Shares
काठमाडौँ, १९ चैत । गत मार्च महिनामा करिब १ लाख विदेशी पर्यटक नेपालमा भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा ९९ हजार ४ सय २६ जना विदेशी पर्यटक नेपाल आएका हुन् ।
सार्क राष्ट्रबाट ३३ हजार ४ सय ५४, अन्य एशियाली राष्ट्रबाट १५ हजार ६ सय ४३, यूरोपबाट २३ हजार २ सय ६५, ओसियन राष्ट्रबाट ३ हजार ९ सय ५८ जना पर्यटक नेपाल आएका छन् । साथै क्यानडाबाट १ हजार ७ सय ७, अमेरिकीबाट ९ हजार ५सय ५७ का साथै मिडल इस्टलगायतका देशबाट १० हजार ३७५ पर्यटक नेपालमा भित्रिएका छन् ।
अमेरिकाबाट गत वर्षको सोही अवधिमा ४ हजार ८ सय ९६ पर्यटक आएकोमा यसपटक ९ हजार ५ सय ५७ जना पर्यटक आएका छन् ।
मार्च महिनामा भारत, अमेरिका, यूके, जर्मनी र श्रीलंकाबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । कोरोना महामारीपछि नेपालमा भित्रिने पर्यटकको सङ्ख्या सुधारोन्मुख अवस्थामा छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन