सर्लाही, २० चैत । नियमनकारी निकायको मिलोमतोमा सर्लाहीमा खाला जन्य बस्तुहरुको दोहन भईरहेको पाइएको छ ।
बागमती नदीको पूर्वी भागमा अबैध मोबाइल क्रसर उद्योगहरु संचालनमा रहँदा सरकारी संयन्त्र एवं नियमनकारी निकायकै संलग्नता दोहन कार्य भईरहेको पाइएको गरिएको हो ।
सर्लाही तर्फबाट बागमती नदीमा नियम विपरीत अबैध क्रसर उद्योगहरु सञ्चालनमा रहेको भए पनि सुरक्षा संयन्त्रले आँखा चिम्लेको पाइएको छ । सर्लाहीको बसबरिया गाउँपालिका वडा नम्बर १ र २ सिमानामा पर्ने मानपुर गाउँभन्दा पश्चिमतिर बागमती नदीमा कानुन बिपरित ६ वटा अबैध मोबाइल क्रसर सञ्चालनमा रहेको पाइएको छ ।
सर्लाही तर्फबाट बागमती नदीमा नियम विपरीत अबैध क्रसर उद्योगहरु सञ्चालनमा रहेको भए पनि सुरक्षा संयन्त्रले आँखा चिम्लेको पाइएको छ । सर्लाहीको बसबरिया गाउँपालिका वडा नम्बर १ र २ सिमानामा पर्ने मानपुर गाउँभन्दा पश्चिमतिर बागमती नदीमा कानुन बिपरित ६ वटा अबैध मोबाइल क्रसर सञ्चालनमा रहेको पाइएको छ ।
कतिपय स्थानीय सरकारको नेतृत्व गरिरहेका प्रमुखको साँठगाँठमा आफनै मानिसहरको माध्यमबाट खोलाको अबैध रुपमा दोहन कार्य भईरहेको आराप स्थानीयहरुले लगाएका छन् ।
बसबरीया गाउँपालिकाका अध्यक्ष राम सिंहासन यादवले आफ्ना दाजु जवाहर यादवका छोरा मुकेश यादव प्रोप्राइटर रहेको तुलसी निर्माण सेवालाई बालुवा, ढुगा, गिटी, ग्रेभल निकासीको लागि ठेक्का दिएका छन् । गापाा अध्यक्ष यादवले बिना वातावरणीय परिक्षण (आइइ) नै नगरेर आफ्ना भतिजलाई अवैध रुपमा सस्तोमा ठेक्का लगाइएको पाइएको छ ।

गापा अध्यक्षलाई अवैध रुपमा ठेक्का लगाउने काममा प्रमुख प्रशासकिय अधिकृत चुनचुन यादवको पनि संलग्नता रहेको पाइएको छ । तत्कालीन जिल्ला बिकास समितिले बागमती नदीबाट ढुङ्गा, गिटी, बालुवा र ग्राभल निकासी गर्न ४० लाखमा ठेक्कामा लगाउने गरेको थियो । तर नयाँ संरचनामा आएपछि बसबरिया गाउँपालिकाले जिबिसकै आइइलाई आधार मानेर कानुन बिपरित बागमतीको ठेक्का लगाएर नदीमै अबैध मोबाइल क्रसर सञ्चालन गरेर दोहन गरिरहेको यतिखेर आराप लागेको छ ।
मिलोमतोमै सबै काम हुने बसबरिया गापामा आव २०७९÷०८० को लागि १३ लाखमा गापा अध्यक्ष यादवले भतिजलाई ठेक्का दिएको छ । गापा प्रमुख प्रशासकीय अधिकृत चुनचुन यादवले बागमती नदीमा अबैध क्रसर रहेकोबारे आफूलाई जानकारी नभएको बताए । कतिपय खेत धनीले आफ्नो निजी खेतमा क्रसर लगाएर उत्खनन गरेको अधिकृत यादवले दाबी गरे । अबैध रुपमा मोबाइल क्रसर लगाउन पाइन्छ ? भन्ने प्रश्नमा खेतीयोग्य जमिनलाई मासेर करिब तिस फिट गहिरो खनेर ढुगागिटी निकाल्न पाइन्छ ? भन्ने प्रश्नको जवाफमा यादवले अनभिज्ञता जनाए ।
आर्थिक साँठगाँठको आधारमा सबै राजनैतिक दलको मिलोमतोमा सस्तोमा नै ठेक्का दिइएको स्रोतको दाबी गरिएको छ ।
बागमती नदी अबैध रुपमा दोहन गर्न र मोबाइल क्रसर सञ्चालन गर्नको लागि गाउँका करिब ५० जना भन्दा बढी हुनेखानेहरुको शेयर रहेको छ । ती सबै गाउँले अबैध दोहनमा सामेल भएपछि कोही गाउँलेले अबैध क्रसर सञ्चालनको विरोध गरेका छैनन् । स्थानीय सशस्त्र प्रहरी र नेपाल प्रहरीका युनिटलाई मिलाएर बागमती नदीमै दिनदहाडै अबैध मोबाइल क्रसर लगाएर खोला दोहन भईरहँदा कोही बोल्न सकेका छैनन् ।
बसबरिया गाउँपालिका उपाध्यक्ष सरिताकुमारी साहले अबैध क्रसर संचालनबारे आफूलाई कुनै जानकारी नभएको बताउँदै गापा अध्यक्ष यादवले नै सबैथोक गरिरहेको र आफूलाई सबै सूचनाबाट वञ्चित गरिएको बताएकी छन् । गाउँपालिकाको कार्यशैलीप्रति असन्तोष प्रकट गर्दै गाउँपालिकामा आफू संघर्षरत रहेको बताएकी छिन । नियम विपरीत क्रसर उद्योग संचालन भएको भए बन्द गरिनु पर्ने उपाध्यक्ष साहको भनाइ छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लामा अबैध क्रसर उद्योग संचालनमा रहेको बारे आफूलाई जानकारी नभएको बताए । गत माघ १२ को मन्त्रीपरिषद्को निर्णयले मापदन्ड नपुगे पनि चल्न दिने, कर चुक्ता हेर्ने गरी भएको निर्देशनअनुसार जिल्लामा २० ओटा क्रसर उद्योग चल्न दिने निर्णय गरेको बताए । यी बाहेक अन्य क्रसर उद्योग संचालनबारे आफूलाई केही पनि जानकारी नभएको प्रजिअ यादवले बताएका छन् ।
सर्लाही र रौतहट जोडने बागमती नदीको समनपुरमा मेशिन लगाएर मुल धारकै ठाउँमा मेसिन लगाएर खोला दोहन भइरहेको छ । गढीमाई नगरपालिकाको टोकारघाटमा पुलको छेउमै सात ओटा मेसिन लगाइएको देखिएको छ । गढिमाई नगरपालिकाले ७२ लाखमा श्री पवन सप्लायर्स जय मा निर्माण सेवा ठेक्का दिएको छ ।
उक्त निर्माण सेवाले इलाका प्रहरी कार्यालय समनपुर र सशस्त्र बेस क्याम्प समनपुरको सधै डिउटी रहने ठाउँबाटै देखिने स्थानमा निर्बाध रुपमा उत्खनन गरिरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले देखेको नदेखेझैँ गरेपछि प्रहरीकै मिलोमतोमा खोलाको अवैध दोहन भइरहेको आरोप स्थानीयले लगाएका छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन