88
Shares
काठमाडौं, २० चैत । ललितपुरको कुपण्डो लस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ ।
आगलागी हुँदा ७ वटा कार जलेर नष्ट भएको हो । ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि जलेका छन् ।
सोमबार बिहान ४ः४७ मा आगो लागेको नेपाल प्रहरी सक्रियतामा ५ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।
आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण संकलनको काम पनि भइरहेको साहले बताए । अहिले सम्म ७ वटा कार, ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर गाडी जलेको विवरण प्राप्त भएको छ, डीएसपी साहले भने ।
उनका अनुसार जलेकामध्ये केही इलेक्ट्रिक गाडीहरु पनि छन् । ती गाडीहरु सर्भिसिङमा ल्याइएका हुनसक्ने अनुमान छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन