79
Shares
काठमाडौं, २० चैत । नेपालले काठमाडौं–ल्हासा सिधा उडान खुला गर्न चिनियाँ पक्षसँग माग गरेको छ ।
नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा नेपालले चिनियाँ पक्षलाई यस्तो प्रस्ताव गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कोभिड–१ का कारण बन्द भएको हवाई सेवाले दुई देश बीचको पर्यटन र व्यापारलाई थप विस्तार गर्ने भन्दै सेवा पुन सञ्चालनका लागि आग्रह गरिएको थियो ।
नेपालसँग सबै व्यापारिक नाका खुला गर्दै जाने चिनियाँ नीति अनुसार गरिएको आग्रहमा चिनियाँ पक्ष सकारात्मक देखिएको मन्त्तालयका सहसचिव एवम् प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले बताए ।
काठमाडौं सिधा उडान नहुँदा हाल काठमाडौं–छेन्दु–ल्हासा र ल्सासा–छेन्दु–काठमाडौं गरी घुमाउरो रुटमा हवाई सेवा जोडिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन