104
Shares
काठमाडौं, २१ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा महँगो भएको विरोधमा टयाक्सी चालकहरुले सेवा बन्द गरेको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्वमा टयाक्सी चालकहरुले आज त्रिभुवन विमानस्थल बाट सेवा बन्द गरेको हो ।
त्रिभुवन विमानस्थल क्षेत्रमा पहिले पार्किङ शुल्कबापत प्रति घण्टा २० रुपैयाँ लिंदै आएको अहिले ८० रुपैयाँ पु¥याइएको र १ सय रुपैयाँ पु¥याउने धम्की दिइएको भन्दै टयाक्सी चालकहरु लामो समयदेखि विरोधमा छन् ।
विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । त्यहाँ पार्किङ गर्ने सवारी साधनका धनीहरुले महँगो शुल्क तिर्नु परेको गुनासो गर्दै आएका छन् ।
तर माग सम्बोधन नभएको र वार्तामा समेत नबोलाएको भन्दै टयाक्सी चालकहरु आन्दोलनमा छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन