712
Shares
तराई टप संवाददता
रौतहट, ८ जेठ । युवा पत्रकार, समाजसेवी मनोजकुमार चौधरीको निधन भएको शनिवार १० औं दिनमा विभिन्न संघसंस्थाले निजको दाईलाई क्रिया खर्च उपलब्ध गराएका छन् ।

कोरोना भाईरसबाट सिकिस्त भई नारायणी उप क्षेत्रिय अस्पताल भर्ना भएका मधेश मसला एफएमका स्टेशन मैनेजर एवं समाजसवी चौधरीको उपचारको क्रममा निधन भएका थिए । पत्रकार चौधरीलाई माध्यमिक विद्यालय गरुडाले १ लाख ५१ हजार, मध्य रौतहट बहुमुखी क्याम्पस गरुडाले ५१ हजार र मधेश मसला एफएमले ५० हजार ५ सय रुपैया उनको दाई कृष्णा चौधरीलाई आज हस्तान्तरण गरेका हुन् ।
मृतक पत्रकार चौधरी मावी गरुडा र मध्य वहुमुखी क्याम्पसको लेखापालको रुपमा कार्यरत रहेको हुँदा निजको क्रिया खर्चको रुपमा विद्यालय प्रशासनले उनको दाईलाई उक्त रकम हस्तान्तरण गरिएको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन