काठमाडौँ, २१ चैत । माओवादीको विचारधारा बोकेका दलहरूलाई आगामी चैत २७ गते अन्तक्रिरया गर्ने भएको छ ।
शान्तिप्रक्रिया र सङक्रमणकालीन न्यायका विषयमा काठमाडौँको प्रज्ञा भवनमा अन्तक्रिरया गर्ने भएको हो ।
द्वन्द्वरत पक्ष र विपक्ष दुबैलाई राखेर अन्तर्क्रिरया गरिने नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाले बताए । अरू सरोकारवाला निकायलाई समेत बोलाएको छ बुढाले भने, ‘सबैपक्षसँग अन्तर्क्रिरया गरेर शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउन खोजिएको हो ।’
माओवादी घटकमा नेकपा माओवादी केन्द्रसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी, कर्णजीत बुढा नेतृत्वको माओवादी समाजवादी, प्रभु साह नेतृत्वको आमजनता पार्टी एक ठाउँमा उभिएका छन् ।
आगामी २७ गते हुने कार्यक्रम बोलाए पनि उपस्थित हुने वा नहुने विषयमा टुङ्गो नलागेको यो समूहले बताएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन