99
Shares
काठमाडौं, २१ चैत । फिल्म ‘ब्रहमास्त्र’ को पहिलो भागको सफलतापछि बलिउड निर्देशक आयन मुखर्जीले दोस्रो र तेस्रो भागको घोषणा गरेको छ ।
घोषित अनुसार फिल्मको दोस्रो भाग सन् २०२६ र तेस्रो भाग २०२७ मा रिलिज हुनेछ । स्टार स्टुडियोज, धर्मा प्रोडक्सन, प्राइम फोकस र आयन मुखर्जीले मिलेर फिल्म निर्माण गर्दै छन् ।
फिल्मको घोषणा गर्दै निर्देशक मुखर्जी लेख्छन्, ‘समय आएको छ, ब्रह्मास्त्र ट्रियोलजी, एस्ट्राभर्स, र मेरो जीवनबारे केही अपडेट गर्ने । भाग एकमा सबैको माया र प्रतिक्रियालाई आत्मसात गरेपछि म भाग दुई र भाग तीनको लागि भिजन सिर्जना गर्नमा केन्द्रित भएको छु ।
ब्रहमास्त्रले विश्वव्यापी ४ सय ३१ करोड भारु कमाइ गरेको थियो । यो फिल्म सन् २०२२ मा धेरै कमाउने हिन्दी फिल्म समेत थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन