60
Shares
अमेरिकी, २१ चैत । अमेरिकी खाद्य तथा औषधि प्रशासनले भारतमा बनेको आई ड्रप प्रयोग नगर्ने चेतावनी दिएको छ ।
रोयटर्सका अनुसार अमेरिकामा कम्तीम ५५ जनामा सङक्रमण, अन्धोपन र थुप्रै समस्याका लागि उक्त आई ड्रप जिम्मेवार भएको र यसका कारण एक जनाको मृत्युसमेत भएको हो ।
चेन्नई स्थित कम्पनी ग्लोबल फार्मा हेल्थ केयरले बुधवार अमेरिकामा उपभोक्ता स्तरमा आई ड्रपको बाँकी भएको स्टक फिर्ता माग्न थालेका छन् ।
रोयटर्सलाई भारत सरकारको एक स्रोतले बताएका अनुसार केन्द्र र राज्य औषधी नियामकले ग्लोबल फार्मा हेल्थ केयरको चेन्नई प्लान्टमा एउटा समूह पठाएको छ ।
अघिल्लो वर्ष यस्तै एउटा भारतीय कफ सिरपबाट गाम्बियामा ७० बालबालिकाको मृत्यु भएको घटना सार्वजनिक भएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन