श्याम गुप्ता
बारा, २१ चैत । बाराको जीतपुरमा बुधवारबाट गायत्री महायज्ञको भव्य आयोजना हुँन गईरहेको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर केराढोका स्थित बंगाली बाबा आश्रममा गायत्री तिर्थ शान्तिकुन्ज हरिद्वारको तत्वावधानमा २४ कुण्डीय वेदमाता गायत्री महायज्ञको आयोजना हुँन गईरहेको हो ।
सो अवसरमा बुधवार बिहान ७ बजे देखि शोभायात्रा सहित कलश यात्रा निकालिने जीतपुर हिन्दु समाज गायत्री महायज्ञ समितिका अध्यक्ष शिवजी साह सोनारले बताए । चार दिन सम्मका लागि आयोजना हुन लागेको महायज्ञको पहिलो दिन शोभायात्रा सहित कलश यात्रा निकालिने छ, भने बिहिवार देखि चैत्र २५ गते शनिवार सम्म बिहान ७ देखि ११ बजे सम्म गायत्री हवन हुने अध्यक्ष सोनारले जानकारी दिए ।
त्ययैगरी, प्रत्येक दिन बेलुकी ५ बजेको संध्या आरती पश्चात राती ९ बजे सम्म हरिद्वारका आचार्यबाट संगीतमय प्रवचन गरिने आयोजकले जनाएको छ ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन