युद्धसंग्रहालयको अवलोकन गरे चार देशका सेना

103 Shares

सिन्धुली । सिन्धुली जिल्लाको सिन्धुलीगढीमा हालै भारत, पाकिस्तान, अमेरिका र बेलायतका सेनाहरुको टोलीले अवलोकन भ्रमण गरेका छन् ।
गत शुक्रवार सिन्धुली जिल्लामा यसरी चार देशका सेनाहरुको छुटाछुटै टोली आएर अवलोकन गरेको कार्यको निकै चर्चा परिचर्चा चल्यो ।
अमेरिका, बेलायत, भारत र पाकिस्तानका सैनिक अधिकारीहरूले सिन्धुलीगढीको भ्रमण गरेर ऐतिहासिक महत््वबारे जानकारी लिएका थिए ।
नेपाली सेनाको आमन्त्रणमा ती देशका ८ जना आवासीय सैनिक सहचारीहरुलाई अवलोक भ्रमण (स्टाफ राइड) गराई सिन्धुलीगढीको महत््वको बारेमा प्रकाश पारिएको थियो ।
नेपाली सेनाको हेलिकोप्टरबाट आएको टोलीले सिन्धुलीगढी परिसरमा चार घण्टा समय बिताएका थियो ।
सिन्धुलीगढीको महत््वबारे प्रकाश पारेका अन्वेषणकर्ता सागरकुमार ढकाललाई बेलायती सेनाका कर्णेल पल स्मिथले नेपाल एकीकरणका क्रममा सिन्धुलीगढीमा भएको युद्धमा ब्रिटीस सेना पराजित हुनुको कारण बारे पटक–पटक सोधेका थिए । आधुनिक हतियारले सुसज्जित ब्रिटीस कम्पनी सेनाको पराजयबारे उनको लामो जिज्ञासा थियो ।
जवाफमा अन्वेषणकर्ता ढकालले वीर गोर्खाली सेनाले आफ्नो देशको अस्तित्व रक्षाका लागि घरेलु हतियार तथा अल्लो, सिस्नोको सहारामा आत्मविश्वासका लडेकाले जित भएको स्मरण गराएका थिए ।
सिन्धुलीगढीको इतिहास बारे जानकारी लिएपछि सेनाले निर्माण गरेको नेपालकै पहिलो युद्ध संग्रहालयको सहचारी सेनाहरुले अवलोकन गरेका थिए । कमलामाइ नगरपालिकाको मातहत रहेको युद्ध संग्रहालयमा तत्कालीन युद्धका बेला प्रयोग गरिएका घरेलु हतियारबारे मेयर उपेन्द्रकुमार पोखरेलले जानकारी दिएका थिए ।
युद्ध संग्रहालयमा संग्रहित गर्न स्थानीयका घरमा भएको घरेलु हतियार भरुवा बन्दुक, तरबार, खुँडा, खुकुरी, तीर अनुरोध गरेरै संकलन गरिएको मेयर पोखरेलले बताएका थिए । टोलीलाई ठूलोगढीमा रहेको तोप हान्ने प्वाल, इनार लगायत क्षेत्र देखाइएको थियो ।
नेपाल एकीकरणका बेला तत्कालीन काठमाडौंका राजा जयप्रकाश मल्ललाई सहयोग गर्न ब्रिटीस सेनाका कप्तान किनलोकको नेतृत्वमा आएको इष्ट इण्डिया कम्पनीका दुई हजार चार सय फौजलाई वंशु ग्रुप नेतृत्वको गोर्खाली फौजले सिन्धुलीगढी युद्धमा घरेलु हतियारको सहाराले पराजित गरेको इतिहास पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।