नेपालमा विदेशी श्रमिकहरु मध्ये सबैभन्दा बढि चिनियाँ नागरिक रहेको एक सरकारी तथ्याँकले देखाएको छ ।
नेपालका ठूल ठूला परियोजनाहरुमा देखिएको दक्ष श्रीमकको अभावमा विदेशबाट पुर्ती हुँदै आएको छ सोही क्रममा सबै भन्दा बढि श्रमिकको रुपमा चिनियाँ नागरिक नेपालमा रहेको खुलासा भएको हो ।
विदेशी श्रमिकलाई नेपालमा काम गर्ने इजाजत दिँदै आएको श्रम तथा व्यवसायजन्य विभागका अनुसार अहिले त्यस्ता परियोजनामा करीब एक सय भन्दा बढी मुलुकका श्रमिक कार्यरत छन् । नेपालमा सबैभन्दा बढी चिनियाँ श्रमिक रहेको जनाएको छ ।
बेलायत, अमेरिका, दक्षिण कोरिया, भारत, जापान लगायत मुलुकका श्रमिकको संख्या पनि उल्लेख्य रहेको छ । सन् २०१७ यता सबैभन्दा बढी सात हजार पाँच सय चिनियाँ नागरिकले श्रम इजाजत लिएर नेपालमा काम गरेका छन । दुई हजार चार सय ९५ पुराना (नवीकरण) र पाँच हजार २४ नयाँ चिनियाँ श्रमिकले श्रम इजाजत लिएको तथ्याँकले जनाएका छन् ।
संयुक्त अधिराज्यका चार सय ८८, संयुक्तराज्य अमेरिकाका तीन सय ३२, दक्षिण कोरियाका दुई सय ४०, भारतका दुई सय ३०, जापानका एक सय ९०, अष्ट्रेलियाका एक सय १६, श्रीलङ्काका एक सय १३, जर्मनीका ९८, इटालीका ८२, फ्रान्स र फिलिपिन्सका ७९÷७९ तथा बङ्गलादेशका ५६ श्रमिक कार्यरत रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
विभागका महानिर्देशक कृष्णप्रसाद ज्ञवालीले विदेशी दक्ष श्रमिकले नेपालमा अनुमति लिएर काम गर्दै आएको बताए । नेपालमा सञ्चालित चिनियाँ परियोजनाको संख्या बढी भएकाले यहाँ काम गर्ने चिनियाँ श्रमिकको संख्या अन्य मुलुकको तुलनामा बढी देखिएको उनको भनाइ छ । “नेपालमा धेरै चिनियाँ प्रोजेक्ट सञ्चालित छन्, द्रुतमार्ग, सडक, जलविद्युत्, भूकम्प पछिको पुनःनिर्माणका परियोजना तथा विभिन्न ठेक्कामा चिनियाँ श्रमिकको संलग्नता रहको छ”, उनले भने ।
प्रोजेक्ट इञ्जिनियर, सुरुङ तथा हाइड्रो इञ्जिनियर, विभिन्न गैरसरकारी संस्था, मेन्टिेनेन्स इञ्जिनियर, मेकानिकल लगायत प्राविधिक पदमा विदेशी श्रमिक संलग्न हुने गरेको विभागले जनाएको छ ।
रोजगारदाताले कुनै विदेशी नागरिकलाई काममा लगाउँदा विदेशी नागरिक राख्नका लागि विभागबाट श्रम इजाजत लिनुपर्ने व्यवस्था छ । विभागले विदेशी नागरिकको श्रम इजाजत व्यवस्थापन सम्बन्धी निर्देशिका–२०७५ अनुसार विदेशी श्रमिकलाई श्रम इजाजत दिँदै आएको छ ।
गृहको कार्य सहमतिका आधारमा श्रम स्वीकृति
नेपालमा काम गर्न आउने विदेशी श्रमिकलाई सम्बन्धित मन्त्रालयको सिफारिश र गृह मन्त्रालयको कार्य सहमतिका आधारमा मात्रै श्रम स्वीकृति दिइँदै आइएको विभागका महानिर्देशक ज्ञवालीले जानकारी दिए ।
यसरी श्रमिकको रुपमा विदेशी नागरिकहरु नेपालमा बर्षौ बर्ष सम्म बसेर यहाँबाट आ आफना देशको लागि सुराकी समेत गर्ने गरिएको छ । त्यसमा बढि चिनियाँ नागरिकहरु विभिन्न अपराधिक कार्यहरुमा संलग्न रहदै आएको पछिल्ला घटनाहरुले देखाइसकेको छ । साइवर अपराध, अनलाईन ठगि, व्यापार, प्रोजेक्टको आडमा नेपाल सहित दक्षिण छिमेकी मुलुकलाई समेत असर पर्ने गरी संदिग्ध गतिविधि गरिरहदा श्रम स्वीकृति दिएपछि तिनिहरुको समय समयमा अनुगमन गर्नु नितान्त आवश्यक रहेको देखिन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन