नेपालगञ्ज । नेपाल र भारतको भाषा, सांस्कृतिमा समानता सदियौं देखि रहि आएको छ, यस प्रकारको सम्बन्ध विश्वमा कहि कतै नभएको बताइएको छ ।
महेन्द्र पुस्तकालयको अयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजित एक विचार गोष्ठी कार्यक्रममा नेपाल र भारतका साहित्यकारहरु विच दुई दिवसिय साझा साँस्कृतिक सम्बन्धको विषयमा गहन छलफल एवं साहित्यीक पाठ गरिएको हो ।
शनिबार र आइतबार सम्पन्न गोष्ठीमा नेपाल र भारतका साझा भाषा, संस्कृति, अवधी भाषा, साहित्य अनुवादका विषयमा साहित्यकार एवं विद्वानहरु सनत रेग्मी, आराध्य शुक्ला, द्वारिकानाथ पाण्डे, गोपाल अश्क, डा. रामबहादुर मिश्र र हंसावती कुर्मीले छुट्टाछुट्टै गोष्ठीपत्र प्रस्तुत गरेका थिए ।
साथै कार्यक्रममा नेपाल र भारतका गरी करिब तीन दर्जन स्रष्टाहरुले कविता, कथा, गीत, गजल लगायतका रचना वाचन पनि गरे । भाषा आयोगका सदस्य डा. अमर गिरिले उद्घाटन गरेको कार्यक्रममा भाषा आयोगका सदस्य गोपाल अश्क, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य हंसावती कुर्मी, प्राज्ञ सभा सदस्यद्वय महानन्द ढकाल र शशीराम कार्कीको सहभागिता रहेको थियो । यसैगरी भारतबाट साहित्यकारहरु रजनीकान्त वशिष्ठ, डा. रामबहादुर मिश्र, मनिषा खटाटे सहित १७ जनाको सहभागिता थियो ।
कार्यक्रममा २० जना साहित्यकारहरुलाई सम्मान पनि गरिएको छ । सम्मानित हुनेहरुमा भाषा आयोगका सदस्य डा. गिरि, साहित्यकार अश्क, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य कुर्मी, भारतीय साहित्यकारहरु रजनीकान्त वशिष्ठ, डा. रामबहादुर मिश्र, आराध्या शुक्ला, नुतन वशिष्ठ, पुनिता अवस्थी, अनुपमा शरद, अनमोल मिश्र, जय सिंह, ममता शुक्ला रहेका छन् । यसैगरि, अमिता पाण्डे, नवनित मिश्रा, स्नेहलता, प्रतिप सारंग, राजेन्द्र वर्मा, अलङ्कार रस्तोगी, द्वारिकानाथ पाण्डे र मनिषा खटाटेलाई पनि सम्मान पत्रसहित सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. गिरिले नेपाल र भारतका साहित्यकारहरुको संगाष्ठीले नेपाल भारतका साझा भाषा र संस्कृतिको प्रवर्द्धन र विकासमा भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै भारतीय साहित्यकारहरुले नेपाल भारतको नागरिक–नागरिकबीचको सम्बन्धलाई साहित्य र साास्कृतिक गतिविधिले झन् प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन