नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपीएल) मा मंगलवार राति सम्पन्न भएको खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेका छन् ।
सिाविक विजेता गुरजात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा मंगलबार राति दिल्ली क्यापिटल्सलाई उनकै घरेलु मैदान दिल्लीमा ६ विकेटले हराउदै लगातार २ खेलमा जीत निकाल्दै अंक तालिकामा शिर्ष स्थानमा पुगेका हुन । दिल्ली क्यापिटल्स लगातार दोस्रो हार बेहोरेको दिल्ली अंकविहीन छ ।
दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा भएको खेलमा गुजरातले १६३ रनको लक्ष्य १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो ।
गुजरातका लागि साई सुदर्शनले ४८ बलमा ४ चौका र २ छक्का मदतमा अविजित रहँदै सर्वाधिक ६२ रन बनाए । ओपनरद्वय ऋद्धिमान शाह र शुभमन गिलले समान १४ रन बनाएर आउट भएपछि इनिङ्स सम्हालेका साईले चौथो विकेटका लागि विजय शंकरसँग ५३ रनको साझेदारी गरे । यस्तै पाँचौ विकेटका लागि डेविड मिलरसँग अविजित ५६ रनको साझेदारी गरे ।
यस्तै विजय शंकरले २३ बलमा ३ चौका प्रहार गरी २९ रन जोडे । जारी सिजन पहिलो खेल खेलेका डेबिड मिलरले १६ बलमा समान २ चौका र छक्का मद्दतमा अविजित ३१ रन बनाए ।
दिल्लीका लागि एनरिक नोर्कियाले २ तथा खलिल अहमद र मिचेल मार्शले समान एक÷एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको हो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन