96
Shares
रौतहट, २२ चैत । माध्यमिक शिक्षा परिक्षा (एसइइ) अन्तर्गत बुधवार राजदेवी नगरपालिकाको मुडबलवा स्थित नेमधारी वासुदेव माध्यमिक विद्यालय परिक्षा केन्द्रबाट नक्कली परिक्षार्थी पक्राउ परेको छ ।
जिल्ला शिक्षा समन्वय इकाई कार्यालय रौतहटका अनुसार परिक्षा अनुगमन समितिले नेमधारी वासुदेव माध्यमिक विद्यालय मुडवलवामा सिम्बोल नम्वर ०२५००२५७ जि नुरेंन खानको सट्टामा खेताला इशनाथ नगरपालिका वडा नम्वर १ बजन्रहाका विष्णुबहादुर मालीले परिक्षा दिईरहेको अवस्थामा पक्राउ परेको हो ।
उक्त सिम्बोल नम्वर भएको परिक्षार्थीको आजको परिक्षा रद्द गरी पक्राउ परेका मालीलाई प्रहरी नियन्त्रणमा पठाएर आवश्यक कारवाही अघि बढाउने कार्य प्रहरीले गरिरहेको जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख रामविनोद सिंह ले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन