बारा, २२ चैत । बारा जिल्लाको एतिहासिक सिम्रौनगढ नगरपालिकाको तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सहित तीन जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा मुद्दा दर्ता गराएको छ ।
सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादव विरूद्ध अख्तियारले मुद्दा दर्ता गराएको हो ।
नगरपालिकाले अनावश्यक रूपमा सफ्टवेयर खरिद गरी भ्रष्टाचार गरेको आरोप उनीहरू माथि लागेको छ । अख्तियारले अनुसन्धान अघि बढाएर दोषिहरु विरुद्ध कारवाही चलाउन विशेषमा मुद्दा दायर गरिएको बताइएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा जिन्सी व्यवस्थापनको केन्द्रीय प्रणाली समेतको सफ्टवेयर खरिद तथा जडान÷विस्तार गर्ने कामका लागि प्रमुख प्रशासकीय अधिकृत मरासेनी, लेखाअधिकृत चौधरी र जिन्सी शाखा प्रमुख यादवले टिप्पणी पेश गरेका थिए । साथै सफ्टवेयर खरिदको लागि स्वीकृति दिएर एक लाख ९९ हजार ८९७ रुपैयाँ भुक्तानी पनि लिएका थिए ।
उनीहरूविरूद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उक्त बिगो रकम कायम गरी सजायको मागदाबी गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन