जनकपुरधाम, २३ चैत । मधेश प्रदेशका नव निर्वाचित सांसदहरुको तलबबाट पार्टीहरुले लेबि लिन शुरु गरेको छ ।
यस अघि विगत दुई आर्थिक वर्ष सांसदहरुले आफ्ना तलबबाट लेबि बुझाई रहेका थिएनन् । तर नव निर्वाचित सांसदहरुसँग प्रदेश सभामा रहेका ठूला दलहरुले लेबि लिन शुरु गरेको हो ।
प्रदेश सांसदको मासिक तलब ६३ हजार २० रुपैयाँ रहेको छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेश सभाका सबैभन्दा ठूलो दल नेकपा एमाले आफना सांसदहरुबाट तलबको १२ प्रतिशत मासिक रुपमा लेबि लिने गरेका छन् ।
नेपाली कांग्रेसले सांसद तलबको २० प्रतिशत र जसपाले १५ प्रतिशत मासिक रुपमा सांसदहरुबाट लेबि उठाइ रहेको छ । सो मध्ये जनमत पार्टी सबैभन्दा बढी आफ्ना प्रदेश सांसदहरुको तलबबाट मासिक रुपमा १८ हजार रुपैयाँ असुली गरिरहेको छ ।
प्रदेश सभा सचिवालयले पार्टीहरुको परिपत्र अनुसार सांसदहरुको तलबबाट मासिक रुपमा लेबिको रकम कट्टा गरी पार्टीको खातामै बुझाउने गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन