73
Shares
जम्मुकाश्मीर, एजेन्सी । भारतको जम्मु काश्मीरमा विश्वकै सबैभन्दा अग्लो स्थानमा बनेको रेल्वे पुल चाँडै संचालनमा आउने भएको छ ।
कश्मीरको रेयासी जिल्लामा निर्मित यो पुलले बक्कल र कौरीलाई जोड्ने कुरा भारतीय सञ्चारमाध्यमले जनाएको हो ।
जम्मु कश्मीर भएर बग्ने चेनब नदिमा यो पुल निर्माण गरिएको छ । यो पुलको उचाई १ हजार १ सय ७८ फिट रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यो फ्रान्सको राजधानी पेरिसमा रहेको आइफेल टावरभन्दा ३५ मिटर अग्लो रहेको जनाइएको छ ।
२५ हजार करोड भारतीय रुपैयाँको लगानीमा निर्मित उधमपुर, श्रीनगर, बरामुल्ला रेल लिंक परियोजनामा यो पुल समावेश रहेको जनाएका छन् ।
यो पुलको सबै आवश्यक परीक्षण भइसकेको बताइएको छ । एएनआई ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन