कोलकत्ता, २४ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत विहिवार राति सम्पन्न भएको खेलमा केकेआरको लागि शार्दुल ठाकुरको उत्कृष्ट ब्याटिंगको फलस्वरुप आरसिवीलाई ८१ रनले पराजित गर्दै पहिलो जित हाँसिल गर्न सफल भएका छन् ।
शार्दुल ठाकुरले शानदार ब्याटिङ र स्पीनरहरुले घातक बलिङ सामु रोयल च्यालेन्जर्स बेंगलोर घुडा टेक्न बाध्य भए ।
घरेलु मैदान इडन गार्डेनमा जित निकाल्ने क्रममा कोलकाताका लागि शार्दुलले आक्रामक ब्याटिङ गर्दै २९ बलमै ६८ रन बनाएका थिए । बलिङमा वरुण चक्रवर्तीले ४ तथा यसै खेलबाट डेब्यु गरेका सुयास शर्माले ३ र सुनिल नारेनले २ विकेट लिए ।
पहिलो जितपछि कोलकाताले दुई खेलबाट २ अंक जोडेको छ । यसअघि पहिलो खेलमा पञ्जाबसँग कोलकाता पराजित भएको थियो । पहिलो खेलमा मुम्बईलाई हराएको बेंगलोरको भने पहिलो हार हो ।
घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले खराब सुरुवात गरेपछि रहमानुल्लाह गुर्बाज र शार्दुल ठाकुरको अर्धशतकमा ७ विकेट गुमाएर २०४ रन बनाएको थियो । ८९ रनमै ५ विकेट गुमाएको कोलकाताका लागि शार्दुल र रिंकु सिंहले १०३ रनको साझेदारी गरे । सातौं नम्बरमा ब्याटिङ गरेका शार्दुलले २९ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ६८ रन बनाए ।
ओपनर गुर्बाजले ४४ बल खेल्दै ६ चौका र ३ छक्का मद्दतमा ५७ रन जोडे । यस्तै रिंकु सिंहले ३३ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा ४६ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । मन्दिप सिंह र आन्द्रे रसेल खाता नखोली आउट भएका थिए ।
बेंगलोरका लागि डेविड विली र कर्ण शर्माले २–२ तथा मोहम्मद सिराज, माइकल ब्रेसलवेल र हर्शल पटेलले समान १ विकेट लिए ।
दोस्रो इनिङ्समा कोलकाताका लागि स्पीनर चम्किएपछि २०५ रनको लक्ष्य पछ्याएको बेंगलोर १७.४ ओभरमै १२३ रनमा अलआउट भयो । बेंगलोरका लागि कप्तान फाफ डु प्लेसिसले सर्वाधिक २३, विराट कोहलीले २१, माइकल ब्रेसवेलले १९ र डेविड विलीले अविजित २० रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
आइपिएल अन्तर्गत शुक्रवार राति सनराजइर हैदराबाद र लखनउ विच हुने छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन