काठमाडौं, २४ चैत । फ्रांक लाम्पार्ड इंग्लिस क्लब चेल्सीको कार्यवाहक व्यवस्थापक नियुक्त भएको छ ।
क्लबका पूर्वखेलाडी समेत रहेका लाम्पार्ड आश्चर्यजनक रुपमा २ वर्षपछि चेल्सी पर्कन लागेको हो । लाम्पार्डले अब बर्खास्तीमा परेका ग्राहम पोटरको स्थान लिने छन् ।
लाम्पार्डले यसअघि २०१९ देखि २०२१ सम्म चेल्सीको प्रशिक्षण सम्हालेका थिए । दोस्रो पटक चेल्सीको प्रशिक्षण सम्हाल्न लागेका लाम्पार्डले आफ्नो ध्यान उत्कृष्ट काममा हुने बताए ।
यसअघि २०१९ जुलाईमा चेल्सी सम्हालेका लाम्पार्ड २०२१ जनवरीमा बर्खास्तीमा परेका थिए । यस्तै यसै वर्ष जनवरीमा एभरटन छाडेपछि लाम्पार्ड कामविहीन थिए ।
लाम्पार्डको दोस्रो प्रशिक्षणकालमा पहिलो खेल प्रिमियर लिगमा शनिवार वल्भ्स विरुद्ध हुनेछ । यस्तै आउने बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनल पहिलो लेगमा रियल मड्रिड विरुद्ध खेल हुनेछ ।
लाम्पार्डलाई अनुबन्ध गरेपछि चेल्सीका मालिक टोड बोएहली र बेहदाद एगबालीले सिजनको बाँकी समयको लागि आफ्ना समर्थकलाई स्पष्ट योजना प्रदान गर्ने चाहना भएको बताएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन