एसइइ परिक्षामा मर्यादा विपरित कार्य गराउने मेयर प्रेमलाल विरुद्ध पक्राउ पुर्जी जारी

117 Shares

रौतहट, २४ चैत । माध्यमिक शिक्षा परिक्षा एसइइ मा नक्कली परिक्षार्थी राख्ने देवाही गोनाही नगरपालिकाको मेयर विरुद्ध जिल्ला अदालत रौतहटबाट पक्राउ पुर्जी जारी गरिएको छ ।
देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुले मौलापुर नगरपालिकाको श्री लक्ष्मीनिया मावि परिक्षाकेन्द्रमा आफ्नै ज्वाई कमल साहलाई नक्कली परिक्षार्थीका रुपमा प्रयोग गरेका थिए । मेयर कानु, उनका छोरा कुन्दन साह र केन्द्राध्यक्ष तेजनारायण साह गरी तीन जनाको नाममा पक्राउ पूर्जी जारी भएको प्रहरीले जनाएको हो ।
नियमित तर्फ सिम्बोल नं. ३५०३७२८ प्रेमलाल साह कानु (मेयर) को नाममा रहे पनि उनको स्थानमा परिक्षाकेन्द्रमा नक्कली परिक्षार्थीले परिक्षा दिइरहेको अवस्थामा चैत १९ गते जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मणिभूषण साहको नेतृत्वमा रहेको परिक्षा अनुगमन टोलिले नक्कली परिक्षार्थी कमल साहलाई आइतवार पक्राउ गरेको थियो ।
पक्राउ परेका कमल साह रेडियो नेपालको बर्दिवास शाखामा पाचौ तहमा कार्यरत स्थायी कर्मचारी हुन । पक्राउ परेका साहलाई प्रहरीले ५ दिनको म्याद थप गरेर गहन अनुसन्धान गर्दा मेयर प्रेमलाल साहले नै आफुलाई परिक्षामा सहभागी हुन वर्दिवासबाट बोलाएको स्वीकारे ।
“अनुसन्धानका क्रममा प्रेमलाल साह कानुको नाम आएको र उहाँ निर्वाचित जनप्रतिनिधि रहेको हुँदा छानबिन गर्नु परेकोमा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गराइएको हो ।” जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीरबहादुर बुढा मगरले भने “अहिले मेयर भन्दा पनि उनी परिक्षार्थीको रुपमा देखिएकोले सोही बमोजिमको अनुसन्धान कार्य गर्दैछौं ।” परिक्षामा सहभागी हुन फर्म भरेका व्यक्तिलाई परिक्षार्थीकै रुपमा हेरिएर अनुसन्धान गरिएको उनको कथन छ । मेयरले भरेको परिक्षा फर्म, रजिष्ट्रेशन तथा परिक्षाका अन्य कागजातहरुको प्रहरीले छानबिन गरिरहेको छ ।
शिक्षा ऐन २०२८ को दफा १७ “क” अनुसार लक्ष्मीनिया माविमा मेयरले नक्कली परिक्षार्थीबाट जाँच दिन लगाएको सम्बन्धमा दुवैलाई ६ महिना कैद वा १ लाख जरिवाना, वा दुवै सजाय हुन सक्ने कानूनी प्रावधान रहेको छ । नक्कली परिक्षार्थी पक्राउ परेपछि सो परिक्षाकेन्द्रका केन्द्राध्यक्ष तेजनारायण साहको मिलोमतोमा उक्त कार्य भएको र उनी संग पनि सम्पर्क खोज्दा सम्पर्क विहिन बनेका छन । अनुसन्धानका लागि प्रहरीले खोजेको सूचना पाएपछि उनी फरार भएको बताइएका छन् ।
प्रवेश पत्रमा लेखिएको जन्ममिति, बुवाको नाम बनवारी साह तथा आमाको नाम दया देवी र ठेगाना वडा नं. ९ ले पनि मेयर आफैले एसइइको परिक्षामा नक्कली परिक्षार्थी खटाएको प्रष्ट भएको छ ।
मेयर माथि कानुनी कारवाहीबाट जोगाउन सत्ताधारी दलबाट निकै दवाव रहेपनि निरन्तर रुपमा रौतहटबासीहरु गलत गर्ने जो सुकै भएपनि कारवाहीको दायरामा ल्याउनुपर्ने माग राख्दै स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षण गराउदै आइरहेकोमा अन्तत ः मेयरलाई नियन्त्रणमा राखि अनुसन्धान गर्न प्रहरीले अदालत समक्ष यथेष्ट प्रमाणहरु पेश गरेपछि रौतहट जिल्ला अदालतले प्रहरीको मागलाई जायज ठहर गर्दै मेयर कानु विरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी श्रोतबाट बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।